प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने
काठमाडाैं | चैत १, २०७९
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले चैत्र ६ या ७ गते विश्वासको मत लिने जानकारी दिए। उनले त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए।
'सरकारमा जानेबारे छलफल भएको छैन। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्छ,'उनले भने,'चैत्र ६ या ७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ।'
नेकपा एमाले र राप्रपाले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्तासहित बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
सरकारबाट बाहिरिए पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन भने कायमै राखेको छ।
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रत...

